Latest News
Kathmandu

उपकारको आइपीओ आजबाट निष्कासन

उपकारको आइपीओ आजबाट निष्कासन

काठमाडौँ । उपकार लघुवित्तले आज शुक्रबार सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो ।

यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २ लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन गरेको हो । योमध्ये ५५ अर्थात ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ०.५५ अर्थात् ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी २ लाख २१ हजार १५६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा चैत २९ गतेसम्म आवेदन दिन सकिनेछ ।लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
हतियारसहित तीन जना पक्राउ
पछिल्लो समाचार →
आजदेखि आचारसंहिता लागू गरिने

Leave a Comment

Your email address will not be published. Required fields are marked *