Latest News
Kathmandu

राष्ट्र बैंकका गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय

राष्ट्र बैंकका गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय

काठमाडौँ । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार अधिकारीलाई निलम्बन गरेर डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यवाहक गभर्नरको अधिकार दिइएको छ ।

आर्थिक संकट गहिरिँदै गइरहेको अवस्थामा सरकारले केन्द्रीय बैंकका गभर्नरलाई निलम्बन गरेको हो । अर्थमन्त्री जनार्दन शर्मा समेत गभर्नर अधिकारीप्रति असन्तुष्ट थिए ।

अधिकारी नेपाल राष्ट्र बैंकका १७औं गभर्नर हुन् । उनलाई नेपाल सरकारले २०७६ चैत्र २४ गते गभर्नर नियुक्त गरेको थियो। उनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासँग चैत २५ गते मंगलबारको दिन सपथ ग्रहण गरेका थिए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
टाइफाइडविरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन निर्देशन
पछिल्लो समाचार →
रूसी नेता पुटिनका छोरीहरूमाथि बेलायतद्वारा प्रतिबन्ध

Leave a Comment

Your email address will not be published. Required fields are marked *