Latest News
Kathmandu

इन्धन आयात ११६.५४ प्रतिशतले बढ्यो

इन्धन आयात ११६.५४ प्रतिशतले बढ्यो

काठमाडौँ । वीरगञ्ज भन्सार कार्यालयबाट इन्धन आयातमा उल्लेख्य वृद्धि भएको छ। देशकै प्रमुख व्यापारिक नाका सो भन्सारबाट गत आर्थिक वर्षको आठ महिनाका तुलनामा चालु आवको सोही अवधिमा ५६ अर्ब ७० करोड ६३ लाखभन्दा बढी मूल्यको १० लाख ९७ हजार २९६ किलोलिटर बढी इन्धन आयात भएको हो।

आव २०७/र७८ को साउनदेखि फागुनसम्ममा ५६ अर्ब ४४ करोड २३ लाखको नौ लाख ४१ हजार ५५७ किलोलिटर डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र एक लाख ६६ हजार ७९७ मेट्रिक टन खाना पकाउने एलपि ग्यास आयातको तुलनामा चालु आवको सोही अवधिमा एक खर्ब १३ अर्ब १४ करोड ८७ लाख मूल्यको २० लाख ३८ हजार ८५३ किलोलिटर इन्धन र एक लाख ८७ हजार ४५६ मेट्रिक टन ग्यास आयात भएको सो कार्यालयले जनाएको छ।

यो समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा १००.४६ प्रतिशत बढी मूल्यको ११६.५४ प्रतिशत इन्धन बढी आयात भएको हो । कोरोना महामारीका कारण गत वर्ष मुलुकभित्रको उद्योग व्यापार तथा यातायात सञ्चालनमा कमी देखिएको थियो।

चालु आवमा सङ्क्रमण दरमा आएको कमीले जनजीवन तथा उद्योग व्यापार सामान्यरूपमा सञ्चालन भएकाले इन्धनको आयात बढी भएको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए। उनले इन्धनको आयात बढेको सकारात्मक प्रभाव राजस्व सङ्कलनमा देखापरेको बताए।

गत आवको आठ महिनामा वीरगञ्ज नाका प्रयोग गरि नेपालका लागि भएको इन्धन आयातबाट ३५ अर्ब ८३ करोड ६८ लाख राजस्व सङ्कलन भएको थियो। चालु आवको सोही अवधिमा १३ अर्ब ७२ करोड ९२ लाख बढी अर्थात् ४९ अर्ब ५६ करोड ६१ लाख राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दाको पालो नै आएन
पछिल्लो समाचार →
भन्सार छलिएका सामानसहित दुई जना पक्राउ

Leave a Comment

Your email address will not be published. Required fields are marked *