Latest News
Kathmandu

कास्कीको ल्वाङ गाउँबाट सुरु भयो ‘२ नम्बरी’को छायांकन

कास्कीको ल्वाङ गाउँबाट सुरु भयो ‘२ नम्बरी’को छायांकन

फिल्म ‘२ नम्बरी’ छायांकन कास्कीको ल्वाङ गाउँदेखि सुरु भएको छ । शनिबारदेखि एक्सन-कट् सुरु गरिएको जानकारी प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए ।

छायांकन सेटबाट अनलाइनखबरलाई प्राप्त तस्बीरहरूमा कलाकार पात्र लुक्समा देखिएका छन् । निर्देशक दीपेन्द्र लामा, नायिका उदेन छोदेनसहित कास्ट एन्ड क्रिउलाई देख्न सकिन्छ ।

दुई साता ल्वाङ गाउँमा सुुटिङ हुने र बाँकी पोखरा आसपासमा हुने जानकारी प्रस्तुतकर्ता नेपालीले दिए ।

कोरोना महामारीले पटक-पटक प्रभावित भएको फिल्म छायांकन स्क्रिप्ट, निर्माण टिम र कलाकारमा केही हेरफेरसहित पुनः सुरु भएको हो । आगामी कात्तिक ४ गतेलाई प्रदर्शन मितिको रूपमा घोषणा गरिएको छ ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
माओवादीका प्रदेश इन्चार्ज भन्छन् : मधेशमा पाँचै दलबीच गठबन्धनको सम्भावना न्यून छ
पछिल्लो समाचार →
नेपालले यसरी गर्दैछ एसियन कप छनोटको तयारी (फोटो फिचर)

Leave a Comment

Your email address will not be published. Required fields are marked *