Latest News
Kathmandu

‘लाइफ इन एलए’को प्रदर्शन मिति धकेलियो

‘लाइफ इन एलए’को प्रदर्शन मिति धकेलियो

काठमाडौँ । विभिन्न कारणले मिति सारिँदै आएको फिल्म ‘लाइफ इन एलए’को प्रदर्शन मिति पुनः तोकिएको छ।

निर्देशक सूर्य श्रेष्ठद्वारा निर्देशित फिल्म ‘लाइफ इन एलए’ को प्रदर्शन यही जेठ ६ गतेबाट हुने बताइएको छ।  यसअघि वैशाख ९ गते फिल्म प्रदर्शन गर्ने घोषणा भएको हो। तर, विविध कारणवश फिल्म तत्काल प्रदर्शन गर्न नसकिएको बताउँदै पुनः मिति सारिएको फिल्मका निर्देशक श्रेष्ठले जानकारी दिए।

सो फिल्ममा व्यास विष्णु विस्सु, आकेशा श्रेष्ठ, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकलगायत कलाकारको अभिनय रहेको छ। नेपाल र अमेरिकामा छायांकन भएको उक्त फिल्ममा अमेरिकामा बसोबास गर्ने कलाकार जारेड विलप्स, साम भुजेल, जयन्द्र चिलुवाललगायत कलाकारको समेत अभिनय देख्न पाइनेछ।

काठमाडौँ उपत्यकाभित्र जिजिए ग्रुपले वितरणको जिम्मा लिएको छ  भने उपत्यकाबाहिर एफडी कम्पनीले वितरण गर्ने भएको छ। व्यास इन्टरटेनमेन्टको ब्यानसमा निर्मित सो फिल्मलाई व्यास विष्णु र राजेन्द्र ठकुराथीले निर्माण गरेका हुन्। फिल्ममा भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको छ भने कोरियोग्राफीमा कविराज गहतराज र सुरज श्रेष्ठको योगदान रहेको छ।

आगामी जेठ ६ गते देशभर फिल्म प्रदर्शनमा जाने निर्माण पक्षले जानकारी दिएको हो।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
मतदाता परिचयपत्र हराएमा मतदान गर्न पाइन्छ कि पाइँदैन ?
पछिल्लो समाचार →
देशकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक सञ्चालन शुरू

Leave a Comment

Your email address will not be published. Required fields are marked *