Latest News
Kathmandu

प्रदीप र स्वयत्ना ‘डान्सिङ स्टार्स नेपाल’बाट बाहिरिए

प्रदीप र स्वयत्ना ‘डान्सिङ स्टार्स नेपाल’बाट बाहिरिए

काठमाडौं । सेलिब्रिटी र कोरियोग्राफर जोडीले नृत्य प्रस्तुत गर्ने रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’बाट शनिबार एक जोडी बाहिरिएको छ । अभिनेता प्रदीप बाँस्तोला र कोरियोग्राफर स्वयत्ना योञ्जनको जोडी दर्शकको कम भोटको आधारमा प्रतियोगिताबाट बाहिरिएका हुन् ।

उनीहरुसँगै डा. सन्तोष उपाध्याय र सुनिता दर्नाल, नीलम ढुंगाना र रवि पटेलको जोडी पनि बटम थ्रीमा परेको थियो । जसमध्ये दर्शकको भोट र निर्णायकको अंकको आधारमा सबैभन्दा कम मत पाउने प्रदीप र स्वयत्नाको जोडी बाहिरिएको हो ।

हरेक शुक्रबार र शनिबार बेलुका ८ बजेदेखि हिमालउ टेलिभिजनमा प्रसारण हुने ‘डान्सिङ स्टार्स नेपाल’मा अब १० जोडी छन् ।

छिरिङ शेर्पा र सरोज प्रजा, समाइरा श्रेष्ठ र सञ्जय लामा, धीरज राई र अनुजा अग्रवाल, सोनिका रोकाया र दिलीप ओखेडा, डा. सन्तोष उपाध्याय र सुनिता दर्नाल शोमा छन् । यस्तै शोको टप १० भित्र प्रीति आलेमगर र शेखर घर्तीमगर, भगवती खड्का र सुनिल विक, अमर-अमृत दाहाल र केविका खत्री, छिरिङ शेर्पा र सरोज प्रजा, परमिता राणा र जेडी तमु, नीलम ढुंगाना र रवि पटेलको जोडी पनि परेका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
डिजिटल सरकारदेखि आइडिया बैंकसम्म : बालेनको घोषणापत्र
पछिल्लो समाचार →
मेलम्चीको पानी कहाँ-कहाँ आउँछ ?

Leave a Comment

Your email address will not be published. Required fields are marked *