Latest News
Kathmandu

बेस रेट बढ्यो, महँगियो ऋणको ब्याजदर

बेस रेट बढ्यो, महँगियो ऋणको ब्याजदर

 काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरुको आधार दर बढेको छ । अघिल्लो आर्थिक वर्षको ९ महिनाको तुलनामा चालु आर्थिक वर्षको ९ महिनामा बैंकहरुको औसत आधारदर (बेस रेट) ६ बाट ९ प्रतिशत नाघेको छ ।

गत वर्षको चैत मसान्तसम्म २७ वाणिज्य बैंकहरुको औसत बेसरेट ६ दशमलव ९० प्रतिशत रहेकोमा यस वर्षको चैत मसान्तसम्म यो बढेर ९ दशमलव ०९ प्रतिशतमा पुगेको छ । अर्थात् ऋणको ब्याजदर महँगएको छ ।

कर्जाको व्याजदर निर्धारणमा स्पष्टसँग पहिचान गर्न सकिने तत्वहरु समावेश गरी गणना गरिएको दर नै आधार दर (बेस रेट) हो । बैंक तथा वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर निर्धारण प्रतिस्पर्धी र पारदर्शी गराउने उद्देश्यले आर्थिक वर्ष २०६९/७० को मौदि्रक नीतिमा पहिलोपटक आधार दर प्रणाली लागू गर्ने उल्लेख गरिएको थियो ।

आधार दर २०६९ सालमै वाणिज्य बैंकमा लागू भएको थियो भने त्यसको एक वर्षपछि २०७० सालदेखि मात्रै विकास बैंक र फाइनान्स कम्पनीहरुमा लागू गरिएको थियो । जसमा कर्जाको जोखिम प्रिमियम अर्थात् जोखिम अनुमानको दर थप गरी ब्याजदर निर्धारण गरिन्छ र यो बैंकबाट कर्जा उपभोग गर्ने ऋणीहरुमा समान रुपले लागू हुन्छ ।

तर, आधार दर कर्जाको वास्तविक व्याजदर होइन । यो व्याजदर निर्धारण गर्ने आधार मात्र हो । जसलाई व्याजदरको सन्दर्भ दर पनि भन्न सकिन्छ । अर्थात बैंकहरुले आधार दरलाई सन्दर्भ दर मानेर व्याजदर तोक्नु पर्छ ।

अहिले बैंकहरुले आफ्नो बेस रेट कति छ त्यसमा केही निश्चित प्रतिशत जोडेर ब्याजदर निर्धारण गर्ने गरेका छन् । आम रूपमा बेस रेट घट्दा बैंकिङ कर्जाको ब्याजदर घट्छ । तर, यसमा बैंकहरुलाई खेल्ने ठाउँ पनि हुन्छ । बैंकले ग्राहक हेरेर बेस रेटमा अतिरिक्त केही प्रतिशत प्रिमियम थप्न सक्छन् ।

रावा बैंकमा सस्तो, सनराइजमा महँगो

चालु आर्थिक वर्षकेा तेस्रो त्रैमासमा सबैभन्दा कम बेस रेट हुने पहिलो नम्बरमा राष्ट्रिय वाणिज्य बैंक देखिएको छ । यो बैंकको २०७७ चैतसम्म ५.५० प्रतिशत रहेको बेस रेट बढेर २०७८ चैतमा ७.३१ प्रतिशत पुगेपनि सबैभन्दा कम हो ।

सबैभन्दा धेरै बेस रेट हुनेमा सनराइज बैंक देखिएको छ । सनराइजको ७.२३ प्रतिशतबाट बढेर १०.११ प्रतिशत पुगेको छ ।

हेर्नुस्, अरु बैंकको बेस रेट :

बैंकको नाम २०७८ चैत (प्रतिशतमा) २०७७ चैत (प्रतिशतमा)
राष्ट्रिय वाणिज्य बेंक ७.३१ ५.५०
स्टाण्डर्ड चार्टर्ड बैंक ७.५५ ५.३३
नेपाल इन्भेष्टमेन्ट बैंक ८.०६ ५.९५
नेपाल बैंक ९.१९ ५.९८
नबिल बैंक ८.२२ ६.१८
कृषि विकास बैंक ८.२८ ७.४८
एभरेष्ट बैंक ८.३६ ६.१०
ग्लाृबल आइएमई बैंक ८-९५ ६.४०
बैंक अफ काठमाण्डू ८.९६ ७.६०
एनएमबबि बैंक ८.९६ ७.१९
 सानिमा बैंक ९.०० ६.२३
नेपाल बंगलादेश बैंक ९.१० ७.५६
नेपाल एसबीआई बैंक ९.२६ ७.४६
एनसीसी बैंक ९.२८ ७.४१
प्रभु बैंक ९.२९ ७.०६
एनआईशी एशिया बैंक ९.३९ ६.७७
हिमालयन बैंक ९.५० ६.७५
सिद्धार्थ बैंक ९.५३ ६.९९
माछापुच्छ्र बैंक ९.६३ ७.०९
सेञ्चुरी कमर्सीयल बैंक ९.६३ ७.७७
लक्ष्मी बैंक ९.६४ ६.७९
प्राइम कमर्सीयल बैंक ९.६८ ७.१४
सिटिजन्स बैंक ९.८१ ७.४४
कुमारी बेंक ९.८५ ७.६३
सिभिल बैंक ९.९४ ७.८२
मेगा बैंक १०.१० ७.५९
सनराइज बैंक १०.११ ७.२३
औसत बेस रेट ९.०९ ६.९०
📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने आईएमफको प्रक्षेपण
पछिल्लो समाचार →
कांग्रेसको घोषणापत्रप्रति ओलीको कठोर टिप्पणी

Leave a Comment

Your email address will not be published. Required fields are marked *