काठमाडौं । फिल्म ‘हल्कारा : द पोस्टम्यान’बाट अभिनेता महेश त्रिपाठीले पहिलो अन्तर्राष्ट्रिय अवार्ड जितेका छन् । अमेरिकी फिल्म फेस्टिभल वर्ल्डफेस्ट ह्युस्टनमा उक्त फिल्मले उत्कृष्ट अभिनेताको विधामा अवार्ड जितेको हो ।
अभिनेता विधामा त्रिपाठीसहित फिल्म ‘अ प्लेस कल्ड होम’बाट बेन ग्याभिन र बेलायती फिल्म ‘फेरी म्यान’बाट ओलिभिर ली पनि प्रतिस्पर्धामा थिए । ग्याभिन र लीलाई उछिन्दै नेपाली अभिनेताले बाजी मारेका हुन् ।
यसअघि उक्त फेस्टिभलमा ‘हल्कारा’ले सर्वोत्कृष्ट फिल्म र छायांकन विधामा समेत अवार्ड जितेको छ । गाउँमा खबर पुर्याउने एक चरित्रको कथा प्रस्तुत गर्ने फिल्मलाई विक्रम सापकोटाले लेखन तथा निर्देशन गरेका हुन् ।
फिल्ममा हल्कारा पात्रको भूमिकामा महेश फिचर्ड छन् । उनी अभिनित ‘म राजेश हमाल’को छायांकन सकिएको छ र केही छोटा फिल्म रिलिज तयारीमा छन् ।

Leave a Comment