Latest News
Kathmandu

एक सातामै १० अर्बले घट्यो बैंकको निक्षेप

एक सातामै १० अर्बले घट्यो बैंकको निक्षेप

 

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप एक सातामै १० अर्बले घटेको छ । नेपाल बैंकर्स संघले दिएको जानकारी अनुसार कर्जा एक अर्ब रुपैयाँले मात्रै घट्दा पनि निक्षेप भने १० अर्ब रुपैयाँले घटेको हो ।

१ वैशाखसम्म २७ वाणिज्य बैंकहरुको निक्षेप ४३ खर्ब ७७ अर्ब रुपैयाँ थियो । ९ वैशाखमा आइपुग्दा बैंकहरुको निक्षेप घटेर ४३ खर्ब ६७ अर्ब रुपैयाँमा झरेको संघले जनाएको छ ।

उता कर्जा लगानी भने एक सातामा एक अर्ब रुपैयाँले मात्रै घटेको छ । १ वैशाखमा ४१ खर्ब ९५ अर्ब रुपैयाँ रहेको बैंकहरुको कर्जा लगानी ९ वैशाखसम्म ४१ खर्ब ९४ अर्ब रुपैयाँमा झरेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नेपालमा २७१ जना कोरोनाका सक्रिय संक्रमित
पछिल्लो समाचार →
सुदूरपश्चिमका एक तिहाइ पालिकामा मात्रै गठबन्धन कायम

Leave a Comment

Your email address will not be published. Required fields are marked *