Latest News
Kathmandu

इजरायल र प्यालेस्टाइन विद्रोही समूहबीच युद्ध विरामको सहमति

इजरायल र प्यालेस्टाइन विद्रोही समूहबीच युद्ध विरामको सहमति

काठमाडौं । इजरायल र प्यालेस्टाइन विद्रोही समूहबीच युद्धविराम भएको छ । इजिप्टको मध्यस्थतामा दुबै पक्षबीच गएरातिदेखि युद्ध विराम भएको हो ।

बीबीसीका अनुसार इजरायलका प्रधानमन्त्री याइर लापिड र प्यालेस्टाइन इस्लामिक जिहादका लडाकु दुबैले युद्ध विराम भएको जनाएको छ ।

इजरायल र प्यालेस्टाइन विद्रोहीबीच तीन दिनसम्म चलेको हिंसामा परी १५ बालबालिकासहित ४४ जनाको मृत्यु भएको समाचारहरु सार्वजनिक भएका छन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले यसलाई सन् २०२१ मा ११ दिनसम्म चलेको लडाईंपछिकै ठूलो हिंसा भनेका छन् । गत सोमबार इस्लामिक जिहादका प्रमुख बसिम सादीलाई जेनिन क्षेत्रबाट इजरायलले पक्राउ गरेपछि तनाव सुरु भएको थियो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
गठबन्धन गर्न ओलीसँग छलफल गर्दै बाबुराम, रेशमको पार्टीबीच पनि तालमेल गर्ने तयारी
पछिल्लो समाचार →
माटोलाई माया गर्ने धराने जनता (तस्बिरहरु)

Leave a Comment

Your email address will not be published. Required fields are marked *