Latest News
Kathmandu

नेसनल बक्स अफिस टेलिफिल्म अवार्ड भब्य सम्पन्न । बरिष्ट कलाकारको अवार्डमा ब्रचस्व ।

नेसनल बक्स अफिस टेलिफिल्म अवार्ड भब्य सम्पन्न । बरिष्ट कलाकारको अवार्डमा ब्रचस्व ।

नेशनल बक्स अफिस टेलिफिल्म अवार्ड २०७७ को भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ।

चलिचत्र विकास बोर्ड को प्राङ्गणडमा वाङमय शताब्दि पुरुष संस्कृतिविद् अति विशिष्ट व्यक्तित्व सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा सम्पन्न अवार्डमा बोर्डका अध्यक्ष दयाराम दाहाल,विशिष्ट कलाकार तथा नेपाल टेलिभिजनका जनक नीर शाह ,प्रथम टेलिफिल्म निर्देशक विशिष्ट कलाकार कृष्ण मल्ल,चलचित्र बिकास बोडका पुर्व अध्यक्ष राजकुमार राई, बिज्ञापन एजेन्सी संघका अध्यक्ष सोम नाथ धिताल , विशिष्ट हास्य  कलाकार सन्तोष पन्त ,  कलाकार संघका उपाध्यक्ष वरिष्ठ अभिनेता मोहन निरौला ,आर पि पन्त ,देशभक्त खनान, वरिष्ठ पत्रकार प्रकाश सुवेदी ,निर्देशक सुदर्शन  थापा ,कलाकार पुकार भट्टराई,ज्योति  काफ्ले ,समाजसेवी तारा बहादुर कुंवर  लगायत ख्यातिप्राप्त कलाकारहरू तथा समाजसेवीहरुको हातबाट अवार्ड वितरण गरिएको थियो।

कुल ४१ विधा रहेको अवार्डमा उत्कृट टेलिफिल्मको अवार्ड हास्यव्यङ्ग्य तर्फबाट उल्टो सुल्टोले प्राप्त गर्न सफल भएको छ । त्यसैगरी उत्कृष्ट टेलिफिल्म सामाजिक तर्फबाट जुठेले पाउन सफल भएको छ भने उत्कृष्ट निर्देशक सामाजिकमा जुठेबाटै मरिचमान श्रेष्ठ र राजु पौडेलले पाएका छन । उत्कृष्ट चरित्र अभिनेतामा मेरी बास्सैबाट सुरविर पण्डित ,उत्कृष्ट चरित्र अभिनेत्रीमा जुठेबाट विद्या कार्की ,उत्कृष्ट लेखन सामाजिकमा जुठेबाट मरिचमान तथा राजु पौडेल ,उत्कृष्ट लेखन हास्यव्यङ्ग्यमा उल्टो सुल्टोबाट रबि डंगोल ,उत्कृष्ट नव निर्देशकमा  बुहारीबाट रामचन्द्र बोहोरा, उत्कृष्ट छायाँकारमा जुठेबाट घनश्याम पोखरेल, उत्कृष्ट सम्पादकमा दृष्टिबाट नविन निरौला ,उत्कृष्ट खलपात्र जुठेबाट रवि गिरी , उत्कृष्ट चर्चित कलाकार पुरूषमा गाह्रो छ बाट बेगम नेपाली, उत्कृष्ट चर्चित महिला कलाकारमा गाह्रो छ बाट रिनासा दाहाल , उत्कृष्ट सह अभिनेत्रीमा दृष्टिबाट कविता शर्मा गेलाल,उत्कृष्ट सह अभिनेतामा बुहारीबाट निरक शाही ,उत्कृष्ट निर्देशक हास्यव्यङग्यमा मेरी बास्सैबाट दमन रुपाखेती, उत्कृष्ट निर्देशक सामाजिकमा जुठेबाट मरिचमान श्रेष्ठ तथा राजुु पौडेल र जुरी अवार्डबाट भुन्टी र मानवलाई प्रदान गरिएको छ । त्यसैगरी मरणोपरानत सम्मानबाट स्व.उमेशनाथ अर्याल र शम्भु थापालाई प्रदान गरिएको थियो ।

लाइफ टाइम एचिभमेन्ट अवार्डबाट विशिष्ट चलचित्रकर्मी नीर शाहलाई प्रदान गरिएको अवार्डमा चलचित्र पत्रकारिता पुरस्कारतर्फबाट गोपीकृष्ण टिभीबाट विष्णु सुवेदी र मोफसलबाट पत्रकारिता गर्दै आएका हिमेश विकलाई प्रदान गरिएको छ । पुरानो सिनेमालाई डिजिटल गर्न अथवा मेहनत गर्नुभएको चलचित्र बिकास बोर्डका  विशिष्ट कर्मचारी चिरञ्जीवी गुरागाइं सम्मानित हुनुभएको थियो। निकै उल्लेख्य संख्यामा कलाकारहरुको उपस्थिती रहेको  सो अवार्डका आयोजक संस्थाको तर्फबाट टेलिफिल्म कुल खान्दान , दृष्टि र भाग्य आ आफ्नो लाई प्रदान गरिएको थियो ।

कलर करेक्सन र पोस्टर डिजाइनमा कुल खानदान लगायत प्राविधिक थुप्रै बिधामा कुलखानदान,मादलको खरी लगायत बजारमा चर्चा पाएको टेलिफिल्मले बर्चस्व कायम गरे । विश्वव्यापी कोभिड १९ कोरोनाको जोखिमको हुँदा हुँदै पनि टेलिफिल्म निर्माण गरी दर्शकलाई सन्देश मात्र नभई मनोरञ्जन प्रदान गर्ने कलाकर्मीलाई उत्साह होस भन्ने हेतुले कोरोनांसगै आर्थिक मण्डिको अवस्थामा पनि बक्स अफिस संस्थाले अवार्डलाई निरन्तरता दिई रहेको आयोजक संस्थाका अध्यक्ष वर्ल्ड रेकर्डधारी आर के सुबेदीले बताए ।

 

अवार्डलाई भव्य बनाउन जापान ,युएई र कतार देखि  विभिन्न विशिष्ट व्यक्तित्वहरुको गरिमामय उपस्थिति रहेको थियो।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
श्रावन महिनाको अन्तिम सोमबार (फोटो फिचर)
पछिल्लो समाचार →
बुद्ध एयर के भएकाे थियाे ?

Leave a Comment

Your email address will not be published. Required fields are marked *