युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सोमबार बिहान बुद्ध एयरको कल साइन ‘नाइन एनएएनआई’ को जहाज काठमाडौंबाट विराटनगर उड्यो । उडान संख्या यु ४ ७०१ रहेको जहाज बिहान ८ बजेर ३३ मिनेटमा ६८ जना, बच्चा २ जना, इन्फ्याण्ट ३ जना गरि ७३ जना यात्रु लिएर विराटनगर उडेको थियो ।

जहाज विराटनगरको आकाशमा पुग्यो । दुई फन्को लगायो । तर बायाँपट्टिको ल्यान्डिङ गियरमा समस्या देखिएपछि काठमाडौं फर्कियो । विमानस्थल आन्तरिक टर्मिनलका प्रमुख पूर्ण चुडालका अनुसार विराटनगरबाट फर्केर उक्त जहाजले काठमाडौंको आकाशमै झन्डै १० फन्को लगायो ।

सम्भावित दुर्घटनालाई मध्यनजर गरेर विमानस्थलमा फर्म बिछ्याउने, एम्बुलेन्स र दमकल तयार पार्ने काम गरियो । काठमाडौंमा अवतरण गराउन आधा घण्टा विमानस्थल बन्द गरियो । विमानस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना दमकलसहित उपस्थित थिए ।

अल्टिच्युड एयरका क्याप्टेन विवेक खड्काले हेलिप्याडबाट उक्त जहाजको तस्बिर खिचेर टावरलाई ल्यान्डिङ गियर खुलेको गराएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० बजेर २१ मिनेटमा सुरक्षित रुपले अवतरण गरियो । जहाज करिव २ घण्टा ५ मिनेट फन्को मारेका थिए । विमानमा चढेका यात्रुहरुको २ घन्टा ५ मिनेट समय असाध्यै तनावपूर्ण रह्यो ।

सोमबार नै बुद्धको अर्को जहाजमा समस्या देखियो । ककपिटमा धुवाँ देखिएपछि सोमबार बुद्ध एयरकै अर्को जहाज काठमाडौं फिर्ता भएको छ । बिहान साढे ७ बजे काठमाडौंबाट पोखराका लागि उडेको यू ६०१–९ एनएजेओ जहाज पोखरा नपुगी काठमाडौं फिर्ता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित ख