Latest News
Kathmandu

इक्वेडर कारागार झडप : मृतक संख्या एक सय नाघ्यो

इक्वेडर कारागार झडप : मृतक संख्या एक सय नाघ्यो

एजेन्सी- इक्वेडरको एक कारागारमा भएको झडपमा मृत्यु हुनेको संख्या एक सय नाघेको छ ।

कारागारमा राखिएका कैदीहरुबीच भएको झडपमा उनीहरु मारिएका हुन् । अरु ५० भन्दा बढी घाइते भएका छन् ।

घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार समुन्द्रीय तटीय नगर गाकुइलमा रहेको जेलमा सो झडप भएको थियो । सो क्रममा ५ जना टाउको काटिएको अवस्थामा फेला परेको बीबीसीले जनाएको छ ।

उक्त जेलमा विश्वव्यापी सञ्जाल रहेको एउटा लागु औषध गिरोहका सदस्यहरूलाई राखिएको थियो। स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार कारागारभित्रको सो घटनामा शक्तिशाली मेक्सिकन लागुऔषध तस्करहरूको गिरोहको संलग्नता खुलेको छ ।तस्वीर : एपी

घटनापछि चार सय प्रहरी त्यहाँ परिचालन गरिएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
बुद्ध एयर के भएकाे थियाे ?
पछिल्लो समाचार →
सुरुगर्यो नेपालले भारतलाई बिजुली निर्यात

Leave a Comment

Your email address will not be published. Required fields are marked *