Latest News
Kathmandu

सुरुगर्यो नेपालले भारतलाई बिजुली निर्यात

सुरुगर्यो नेपालले भारतलाई बिजुली निर्यात

नेपालले भारतमा विद्युत निर्यात सुरू गरेको छ। पहिलो चरणमा ३९ मेगावाट विद्युत निर्यात गरिएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए।

उनका अनुसार आज १२ बजे रातिदेखि ढल्केबर-मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट विद्युत् निर्यात सुरू गरिएको हो।

‘हामी विस्तारै निर्यात बढाउँदै लैजान्छौं। क्रमशः ४५६ मेगावाटको माथिल्लो तामाकोशी, ६९ मेगावाटको मस्र्याङ्दी तथा ४५ मेगावाटको माथिल्लो भोटेकोसी विद्युत गृहबाट पनि भारतीय बजारमा बिजुली पठाउने तयारी गरेका छौं,’ उनले सेतोपाटीसँग भने।

नेपालले भर्खरै भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत् व्यापारका लागि अनुमति पाइसकेको छ। भारतीय बजारमा विद्युत निर्यात सुरु भएपछि नेपालमा जलविद्युत विकासमा फड्को मार्ने प्राधिरणको विश्वास छ।

अब प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म एक्सचेन्ज बजारमा विद्युत् बिक्री हुनेछ।

विद्युतको प्रतियुनिट बिक्री दर मार्केट क्लियरिङ प्राइसका आधारमा तय हुने प्राधिकरणको भनाई छ। दिनमा २४ घण्टा विद्युत् निर्यात हुनेछ। एक्सचेन्ज बजारको कारोबार एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभीएन) ले गर्नेछ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
इक्वेडर कारागार झडप : मृतक संख्या एक सय नाघ्यो
पछिल्लो समाचार →
जाजरकोटमा ट्र्याक्टर  दुर्घटनामा परी तीन जनाको मृत्यु

Leave a Comment

Your email address will not be published. Required fields are marked *