Latest News
Kathmandu

जाजरकोटमा ट्र्याक्टर  दुर्घटनामा परी तीन जनाको मृत्यु

जाजरकोटमा ट्र्याक्टर  दुर्घटनामा परी तीन जनाको मृत्यु

जाजरकोटमा ट्र्याक्टर  दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । ​ नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्र्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा गए राति २ बजे दुर्घटना भएको हो । मृत्यु हुनेमा नलगाड नगरपालिका–५ का ३५ वर्षीय चङ्कलाल विक, २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय बलबहादुर खत्री छन् ।

त्यस्तै नलगाड नगरपालिका–८ का १७ वर्षीय विनोद परियार घाइते भएका छन् । उनी सहचालक हुन् । घाइतेको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिनुभयो । ट्र्याक्टर नम्बर भने खुल्न सकेको छैन ।
📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सुरुगर्यो नेपालले भारतलाई बिजुली निर्यात
पछिल्लो समाचार →
तोडे सर्त प्रधानन्यायाधीशले

Leave a Comment

Your email address will not be published. Required fields are marked *