Latest News
Kathmandu

पाँच बर्षमा जनताका काम गर्न सकेनौँ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच बर्षमा जनताका काम गर्न नसकेको स्वीकार गरेका छन् ।मंगलबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पाँच वर्षमा जनताको सोचअनुरुप काम गर्न नसकेको बताएका हुन् ।

अबको निर्वाचनबाट नयाँ जनादेश लिएर देशलाई समाजवादतर्फ उन्मुख गराउनुपर्नेमा उनको धारणा थियो । जनताबाट निर्वाचित प्रत्यक्ष देशको कार्यकारी प्रमुखको पक्षमा रहेको समेत उनले बताएअध्यक्ष प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जनभावनाविपरीत संविधान कुल्चने काम गरेको आरोपसमेत लगाए।

ओली नेतृत्वको सरकारले संविधान उल्लंघन गरेर देशलाई प्रतिगमनमा लैजाने काम गरेको प्रचण्डले बताए । संविधान मिचेर अहिलेसम्मका उपलब्धि लत्याउँदै मुलुकलाई प्रतिगनतर्फ डोर्याउनेबाट बचाउन पुनः वर्तमान गठबन्धनको आवश्यकता परेको

प्रचण्डले  बताए । प्रचण्डले गठबन्धनबीच सिट वितरण र संघ तथा प्रदेश क्षेत्र एकै पटक टुङ्गो लगाउनुपर्ने र केही दिनमै यी सबै टुंगिने पनि दाबी गरे ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
असनको फुटपात खाली गराउन सुरु
पछिल्लो समाचार →
लिज ट्रसलाई देउवाले दिए बधाई

Leave a Comment

Your email address will not be published. Required fields are marked *