Latest News
Kathmandu

देशभरका विभिन्न स्थानमा वर्षाको सम्भावना

देशभरका विभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौं । अहिले प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।यतिबेला लुम्बिनीबाहेक देशका सबै प्रदेशमा आंशिकदेखि सामान्यसम्म बदली भएको छ ।

महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । यस क्रममा प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन—चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

 

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
८२ करोडको सेयर किनबेच
पछिल्लो समाचार →
नक्सा पास नभएका भवनलाई काठमाडौं महानगरपालिकाको ९० दिने अल्टिमेटम

Leave a Comment

Your email address will not be published. Required fields are marked *