Latest News
Kathmandu

नक्सा पास नभएका भवनलाई काठमाडौं महानगरपालिकाको ९० दिने अल्टिमेटम

नक्सा पास नभएका भवनलाई काठमाडौं महानगरपालिकाको ९० दिने अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी निर्माण गरिएका भवनहरूको नक्सा ९० दिनभित्र पेश गर्न आग्रह गरेको छ ।

महानगर क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूको सूचना प्रकाशित भएको मितिले ९० दिन भित्रमा नक्सा पेस गरी नक्सा स्वीकृत गर्न आग्रह गरेको हो ।

 

 

महानगरले बिहीबार एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्रका नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूको यो सूचना प्रकाशित भएको मितिले ९० दिन भित्रमा नक्सा पेस गरी नक्सा स्वीकृत र नियमित गर्न सम्बद्ध सबै व्यक्ति, सङ्घसंस्था, संस्थान तथा सरकारी निकायहरूलाई समेत अनुरोध गरेको छ ।

 

काठमाडौं महानगरपालिका नगर सभाको ११औं अधिवेशनबाट आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा ‘प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड अनुरूप निर्माण भएका तर नक्सा पास नगरिएका भवनहरूलाई एक वर्ष भित्रमा नक्सा पास गरी नियमित गर्न आह्वान गरिनेछ’ भन्ने नीति समेत उल्लेखित भई पारित भएकोले सो कार्यान्वयन गर्न यो सूचना प्रकाशित गरिएको महानगरले जनाएको छ ।

 

तोकिएको समयभित्र नक्सा पेस नगरेमा त्यस्ता भवनहरूको विवरण सङ्कलन गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र यस कार्यालयको निर्णय बमोजिम कारबाही हुने महानगरले बताएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
देशभरका विभिन्न स्थानमा वर्षाको सम्भावना
पछिल्लो समाचार →
धरानमा राति २ बजेसम्म लाउञ्ज-बार खोल्ने प्रस्ताव

Leave a Comment

Your email address will not be published. Required fields are marked *