Latest News
Kathmandu

अन्तरघातले कांग्रेसलाई कमजोर बनायो

अन्तरघातले कांग्रेसलाई कमजोर बनायो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु चितवनबाटै चुनाव लड्ने घोषणा गरेका छन् ।

 

शुक्रबार पोखरामा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै चितवनबाटै चुनाव लड्ने अन्यत्र नजाने उनले बताए । ‘म चितवनबाट चुनाव लड्छु । प्रचण्ड देशकै नेता हो भनेर हिजो काठमाडौं, रोल्पा, सिमरा लगायतका ठाँउबाट चुनाव लडेँ। अहिले चितवनबाट लड्छु अन्यत्र जान्न’, उनले भने । चितवनबाट बाहिर जिल्ला जादाँ नकारात्मक सन्देश जाने बताउँदै उनले भने- ‘चितवनका जनता, चेतना र भावनाप्रति विश्वास छ । अन्यत्र जान्न ।’

गठबन्धनकै विषयमा अध्यक्ष प्रचण्डले समझदारी र सहमति निकट पुगेको उनले आजै गठबन्धनको विषयमा टुग्याउने दावी समेत गरे । गठबन्धनका दलहरुबीच जटिल समस्या पैदा भएको छैन् भन्दै अध्यक्ष प्रचण्डले सिट बाँडफाँडको विषय टुंगिने बताए । ‘संविधान, लोकतन्त्र र

राष्ट्रियता रक्षाको लागि गठबन्धन आवश्यक छ । गठबन्धनको विषय आजै टुग्याउँछौं’, उनले भने ।गठबन्धन भएको कारण आफनो जित सुनिश्चित भएको दावी गर्दै उनले अन्य पार्टीका साथीहरुले पनि जिल्लामा बोलाएको तर अहिले चितवन छाडेर अन्यत्र जादाँ सन्देश नराम्रो जाने हुदाँ चितवन नछोड्ने स्पष्ट पारे ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
धरानमा राति २ बजेसम्म लाउञ्ज-बार खोल्ने प्रस्ताव
पछिल्लो समाचार →
निर्वाचन तालमेलबारे ओली-ठाकुर छलफलमा

Leave a Comment

Your email address will not be published. Required fields are marked *