Latest News
Kathmandu

निर्वाचन तालमेलबारे ओली-ठाकुर छलफलमा

निर्वाचन तालमेलबारे ओली-ठाकुर छलफलमा

काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नेकपा एमालेसँग सहकार्यका लागि छलफल गरिरहेको छ ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले एमाले अध्यक्ष केपी ओलीबीच लगातार छलफल भइरहेको हो । एमाले अध्यक्ष ओलीको सचिवालयका अनुसार दुई जनाबीच लगातार तिनदिनदेखि छलफल भएको हो ।

 

गठबन्धनसँग निर्वाचनमा तालमेलबारे सकरात्मक नभएपछि लोसपाले एमालेसँग छलफल अघि बढाएको बताइन्छ । नेता लक्ष्मणलाल कर्णले पनि गठबन्धनभन्दा एमालेसँगको छलफल सकरात्मक रहेको बताएका छन् । एमाले र आफूहरूबीच सिट बाँडफाँटको विषय छिट्टै टुंगिने उनको भनाई छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा लोसपालाई गठबन्धनमा भित्र्याउनका निम्ति अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोलाई आफ्नो भागबाट दुई सिट दिन तयार भएका थिए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
अन्तरघातले कांग्रेसलाई कमजोर बनायो
पछिल्लो समाचार →
एलिजावेथको निधनमा नेपालमा ३ दिन शोक

Leave a Comment

Your email address will not be published. Required fields are marked *