Latest News
Kathmandu

सहरी विकासमन्त्री झाँक्री बुधबार अस्पतालबाट डिस्चार्ज

सहरी विकासमन्त्री झाँक्री बुधबार अस्पतालबाट डिस्चार्ज

काठमाडौ । सहरी विकासमन्त्री रामकुमारी झाँक्री वीर अस्पतालबाट डिस्चार्ज भएकी छिन् । एक साताको उपचारपछि उनी बुधबार अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

संक्रमणको उच्च जोखिम कायम रहेको भन्दै उनले चिकित्सकको सल्लाहअनुसार अझै केही दिन भेटघाट गर्न असमर्थ रहेको जनाएकी छिन् । डिस्चार्ज भएपछि उनले सामाजिक सञ्जालमार्फत उपचारमा संलग्न चिकित्सक एवं स्वास्थ्यकर्मीहरू, अस्पताल प्रशासन, सुरक्षाकर्मी, मन्त्रालयका कर्मचारीलगायत स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभार प्रकट गरेकी छिन् । उनी छातीमा निमोनिया संक्रमण भएपछि उनी एक हप्ताअघि अस्पताल भर्ना भएकी थिइन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
बैंकर्स संघको अध्यक्षमा उपाध्याय निर्विरोध चयन
पछिल्लो समाचार →
लक्ष्मिपुजाकाे लागि लफडाहुँदा प्रहरी सहित घाइते

Leave a Comment

Your email address will not be published. Required fields are marked *