Latest News
Kathmandu

साफ महिला च्याम्पियनसिप : नेपाल आज श्रीलंकासँग भिड्दै

साफ महिला च्याम्पियनसिप : नेपाल आज श्रीलंकासँग भिड्दै

काठमाडौं । काठमाडौंमा भइरहेको साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज समूह ‘बी’को अन्तिम खेलमा श्रीलंकासँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार साँझ साढे ५ बजे दशरथ रंगशालमा हुनेछ । आजको खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनल पुग्ने नेपालको योजना छ ।

नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ४-० ले पराजित गरेको थियो ।

दुई खेल खेलिसकेको भुटान भने एक जित र एक हारको नतिजापछि समूह बी बाट यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ । भुटानले श्रीलंकालाई ५-० ले हराएर सेमिफाइनलमा स्थान बनाएको हो ।

श्रीलंकासँग बराबरी वा जितले नेपाल समूह विजेता बन्नेछ । श्रीलंकाले भने सेमिफाइनल पुग्न नेपाललाई पाँच अन्दा बढी गोल अन्तरले हराउनुपर्नेछ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सुनको भाउ ३ सयले घट्यो, चाँदीको स्थिर
पछिल्लो समाचार →
श्रीलंकाले जित्यो एसिया कपको उपाधि

Leave a Comment

Your email address will not be published. Required fields are marked *