Latest News
Kathmandu

श्रीलंकाले जित्यो एसिया कपको उपाधि

श्रीलंकाले जित्यो एसिया कपको उपाधि

काठमाडौं । श्रीलंकाले एसिया कपको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा पाकिस्तानलाई २३ रनले पराजित गर्दै श्रीलंकाले उपाधि जितेको हो ।

आइतबार दुबईस्थित क्रिकेट रंगशालामा भएको खेलमा पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७० रन बनाएको थियो ।

श्रीलंकाका लागि भानुका राजपाक्षले अविजित ७१ रनको पाली खेलेका थिए । पाकिस्तानका ह्यारिस रउफले ३ विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले २० ओभरमा सबै विकेट गुमाएर १४७ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले ५५ रनको अर्धशतकीय पाली खेले पनि त्यो जितको लागि पर्याप्त हुन सकेन ।

श्रीलंकाका लागि प्रमोद मदुसन लियानागामागेले ४ तथा वानिन्दु हसरंगा डि सिल्भाले ३ विकेट लिए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
साफ महिला च्याम्पियनसिप : नेपाल आज श्रीलंकासँग भिड्दै
पछिल्लो समाचार →
नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा

Leave a Comment

Your email address will not be published. Required fields are marked *