Latest News
Kathmandu

बार्सिलोनाकोे काडिजमाथि ४ गोल अन्तरको जित

बार्सिलोनाकोे काडिजमाथि ४ गोल अन्तरको जित

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले काडिजमाथि ४-० गोल अन्तरको जित हात पारेको छ ।

शनिबार भएको खेलमा बार्सिलोनालाई महत्वपूर्ण तीन अंक दिलाउने क्रममा खेलको ५५ औं मिनेटमा फ्रेन्की डि जोङ, ६५ औं मिनेटमा रोबर्ट लेवान्डोस्की, ८६ औं मिनेटमा अन्सु फाती र इन्ज्युरी समयमा औस्माने डेम्बेलेले १/१ गोल गरेका थिए ।

विपक्षी टोलीको तर्फबाट भने कुनै पनि गोल हुन सकेन । यससँगै बार्सिलोना लिगको शीर्षस्थानमा उक्लिएको छ ।

बार्सिलोनाले ५ खेलबाट १३ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडले भने ४ खेलबाट १२ अंक हात पारेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा
पछिल्लो समाचार →
अनेरास्ववियू (क्रान्तिकारी) त्रि-चन्द्र क्याम्पस समितिद्वारा अयोजित बृहत रक्तदान कार्यक्रम सम्पन्न

Leave a Comment

Your email address will not be published. Required fields are marked *