युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं । आमा बन्नु एक सुखी अनुभव मानिन्छ तर आमा बन्दा हुने नौं महिनाको यात्रामा भने गर्भवती महिलाको मनमा गर्भसंग सम्बन्धित थुप्रै प्रकारको आशंका रहेको हुन्छ र सबै भन्दा सामान्य डर भनेको गर्भपातको डर हो ।

मिस्ड गर्भपात : यो अवस्थामा गर्भावस्था आफैं समाप्त हुन्छ । यस अवधिमा रगत बग्दैन र कुनै लक्षण पनि देखिंदैन । कतिपय अवस्थामा गर्भपतनपछि पनि भ्रुण पाठेघरमा नै रहन्छ र गर्भमा भ्रुणको विकास रोकिएपछि थाहा हुन्छ । यो अल्ट्रासाउन्डद्वारा पत्ता लगाइन्छ ।

अपूर्ण गर्भपतन : यसमा महिलाको धेरै रगत बग्ने र तल्लो पेटमा गहिरो दुखाइको अनुभव हुने गर्छन् । भ्रुणको एक भाग मात्र बाहिर आउन सक्छ ।

पूर्ण गर्भपतन : कडा पेट दुख्नु र भारी रक्तस्राव पूर्ण गर्भपातको लक्षण हो । यसमा भ्रुण पाठेघरबाट पूर्ण रूपमा बाहिर आउँछ ।

अपरिहार्य गर्भपात : यस अवस्थामा रक्तस्राव जारी रहन्छ र पाठेघर खुल्छ । भ्रुण बाहिर आउन अनुमति दिन्छ । यस अवधिमा महिलाको पेटमा लगातार दुखाइ हुन्छ ।

सेप्टिक गर्भपतन : गम्भीर संक्रमणको कारण यस्तो गर्भपात हुन्छ ।

गर्भपातको लक्षण

-पेट दुख्ने, योनीबाट रक्तस्राव हुनु
-खैरो वा गाढा रातो रंगको रगत बग्नु
-सामान्य ढाड दुख्नु
-तल्लो पेटमा दुखाइ हुनु

गर्भपातको जोखिम कसरी थाहा पाउने ?

यदि सही समयमा गर्भपतनको समस्या निदान भयो भने संक्रमण जस्ता समस्याबाट बच्न सकिन्छ । त्यसो नगर्दा महिलाको स्वास्थ्य खतरामा पर्न सक्छ ।

अल्ट्रासाउण्ड गरी पाठेघरको फैलावटको जाँच, भ्रुणको मुटुको धड्कन जाँच गरेर अवस्था थाहा पाउन सकिन्छ । यस्तै चिकित्सकले रगतको नमुना लिएर र पहिलेको स्तरसँग मानव कोरियोनिक गोनाडोट्रोपिन (एचसीजी)को स्तर तुलना गर्न गरिन्छ । यदि यो परिवर्तन भएको खण्डमा गर्भपातको जोखिम हुन सक्छ ।

यदि पाठेघरबाट तन्तुहरू निस्कन थालेका छन् भने गर्भपतन हुन सक्ने सम्भावना हुन्छ । त्यसैले यसको परीक्षण गराइरहनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर