Latest News
Kathmandu

रास्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन

रास्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन

काठमाडौं । संविधानमाथी ‘कु’ भएको भन्दै अनेरास्ववियू क्रान्तिकारीले रास्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ ।

माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को पवन कार्की समूहले आज मुलुकका विभिन्न भाग र राजधानीको नेपाल कमर्स क्याम्पस अगाडी रास्ट्रपतिको कमदविरुद्ध प्रदर्शन गरेका हुन् ।

काठमाडौंमा उनीहरुले ‘विद्या हामी चिन्दैनौँ, रास्ट्रपति मान्दैनौँ, सितल निवास खाली गर, विद्यादेवी मुर्दावाद, व्यावस्थापिकामाथिको आक्रमण बन्द गर, जस्ता नाराहरु लगाएका छन् ।

संगठनले संविधानतः दोस्रो पटक पेश भएको विधेयक १५ दिनभित्र स्वतः प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्थाको उल्लंघन गरिएको भन्दै विरोध प्रदर्शन गरेको हो ।

नागरिकताविहीनहरुले मुलुकका विभिन्न जिल्लामा शीतल निवासको पछिल्लो निर्णय विरुद्ध प्रदर्शन हुने जनाएका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
भारतलाई हराउँदै नेपाल फाइनलमा
पछिल्लो समाचार →
सरकारले घटायो खाने तेल र दालको मूल्य

Leave a Comment

Your email address will not be published. Required fields are marked *