Latest News
Kathmandu

नेपाली युवाले दुबईमा जिते ३५ करोडको चिठ्ठा

नेपाली युवाले दुबईमा जिते ३५ करोडको चिठ्ठा

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा एक नेपाली युवाले करिब ३५ करोड नेपाली रुपैयाँ बराबरको चिठ्ठा जितेका छन् ।

दुबईमा कार सफा गर्ने काम गर्दै आएका ३१ वर्षीय भरत विश्वकर्माले महजोज ज्याकपटको चिठ्ठा जितेका हुन् । आफ्ना दुई साथीहरुसँग मिलेर चिठ्ठाको टिकट खरिद गरेका भरतले उक्त पुरस्कार पनि साथीहरुसँग बाँडेर लिने बताएका छन् ।

चिठ्ठा जितेसँगै भरतले आफूले जितेको रकम आफ्नो परिवारको लागि र ब्रेन ट्युमरको कारण प्यारालाइसिस भएका भाइको उपचारको लागि खर्च गर्ने बताएका छन् । उनका ३ र पाँच वर्षका दुई सन्तान छन् ।

मासिक १३ सय दिराम (करिब ४५ हजार नेपाली रुपैयाँ)मा काम गर्ने भरत यो चिठ्ठा जित्ने उनी सबैभन्दा कम कमाउने पहिलो व्यक्ति भएको गल्फ न्यूजले जनाएको छ । तीन वर्षअघि दुबई आउनुभन्दा पहिला साउदी अरेबियामा एक पावर प्लान्टमा काम गर्थे । उनले आफूलाई चिठ्ठा परे पनि कार सफा गर्ने काम भने जारी राख्ने बताएका छन् ।

‘मैले महजूजको योजना सुरुभएदेखि नै यसमा भाग लिँदै आएको थिए । हामीसँग धेरै पैसा नहुने भएकाले साथीहरुसँग सुरुमा टिकट खरिद गरेका थियौं’, उनले भने, ‘अहिले म यसमा दुई साथीहरुसँगै प्रवेश गरेको थिएँ । मैले मेरो परिवारलाई चिठ्ठा जितेको भनेको छु तर कति रकमको चिठ्ठा भन्नेचाहिँ भनेको छैन ।’

भरतले यसअघि पनि केही चिठ्ठामा भाग लिएको तर महजूज जति विश्वसनीय अन्य चिठ्ठा नलागेको पनि बताए । उनले यो चिठ्ठा जित्दा धेरै खुसी लागेको बताए । यद्यपि आफूलाई एक न एक दिन यो चिठ्ठा जित्छु भन्ने विश्वास भने रहेको उनको भनाइ छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
पर्यटकको आकर्षण बन्दै गाईघाट झरना
पछिल्लो समाचार →
पोखरामा आजदेखि ‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’ च्याम्पियनसिप

Leave a Comment

Your email address will not be published. Required fields are marked *