Latest News
Kathmandu

धतुरोको तरकारी खाँदा लमजुङमा एकको मृत्यु, दुई बिरामी

धतुरोको तरकारी खाँदा लमजुङमा एकको मृत्यु, दुई बिरामी

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ पामचोकमा साग भनेर धतुरोको तरकारी खाँदा एकजनाको मृत्यु भएको छ भने दुईजना बिरामी भएका छन्। साग भनेर धतुरोको तरकारी खाँदा ८३ वर्षीया पवित्रा खड्काको मृत्यु भएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए।

तरकारी खाएर बेहोस भएकी ५७ वर्षीया धनकुमारी अधिकारी र ६९ वर्षीया ठगीमाया भण्डारी बेँसीसहर स्थित जिल्ला अस्पतालमा उपचारपछि घर फर्किएका छन्। आइतबार साँझ खानासँग धतुरोको तरकारी खाएका उनीहरू राति बेहोस भएको डिएसपी कार्कीले बताए।

उनका अनुसार सोमबार बिहान अबेरसम्म ढोका नखोलेपछि छिमेकीले गएर हेर्दा सबैजना बेहोस अवस्थामा भेटिएका थिए। प्रहरीका अनुसार आँखा कमजोर अवस्थाका उनीहरूले साग भनी धतुरोको तरकारी बनाएर खाएका थिए।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्ष कायम
पछिल्लो समाचार →
सामूहिक बलात्कारको आरोपमा तीन जना युवक पक्राउ

Leave a Comment

Your email address will not be published. Required fields are marked *