युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि सुझाव संकलन गर्न जनतामा सार्वजनिक अपिल गरेको छ ।

नेपाली कांग्रेस घोषणा पत्र तयारी समितिले सार्वजनिक अपिल प्रकाशन गरी ‘जनभावना संकलन गर्ने क्रममा प्रविधि मार्फत सुझावका लागि’ भन्दैसार्वजनिक अपिल गरेको हो ।

नेपाली काग्रेसको घोषणा पत्र निर्माण क्रममा आन्तरिक छलफलदेखि ‘प्रत्यक्ष सार्वजनिक संवाद’ शुरु गरिसकिएको कांग्रेसले जनाएको छ ।

‘यस्तो बन्नुपर्छ कांग्रेसको घोषणा पत्र’ भनेर विविध धारणा राख्ने सबैको सुझाव लिने निर्णय घोषणा पत्र तयारी समितिले गरेको छ। अतः स्वदेश र विदेशमा रहनुहुने नेपाली काग्रेसका सदस्य, समर्थक, शुभेच्छुक र आलोचक एवं समस्त नेपाली दिदिबहिनी दाजुभाइ जो सुझाव दिन चाहनुहुन्छ उहाँहरुले प्रविधिको निम्न माध्यमबाट सुझाव पठाउन सक्नुहुनेछ’ कांग्रेसद्वारा जारी अपिलमा उल्लेख छ ।

कांग्रेस घोषणापत्र तयारी समितिले ह्वाट्स एप, भाइभर, इमो मार्फत सुझाव पठाउन मोबाइल नम्बर ९७४१६७३४१८ सार्वजनिक गरेको छ । यस्तै, कांग्रेसले आफ्नो आवाज रेकर्ड गराएर वा डिजिटल फर्म मार्फत पनि सुझाव पठाउन सकिने पनि जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर