Latest News
Kathmandu

ओलीले चढे रेल

ओलीले चढे रेल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनकपुर—जयनगर रेल चढेका छन् । शनिबार पार्टी प्रवेश कार्यक्रमको लागि जनकपुर पुगेका ओलीले रेल चढेर धनुषाको विदेह नगरपालिका तीनकौरिया पुगेका हुन् ।

पार्टी प्रवेश कार्यक्रम स्थल तिनकौरिया पुग्न ओलीले महिनाथपुर स्टेशनसम्म रेल चढेका हुन् । रेल चढ्न उनले टिकट नै किनेका थिए ।

काठमाडौंबाट जनकपुरधाम आउने विमान ढिलो भएका कारण ओली आउन ढिलाइ हुँदा ११ बजे जनकपुरबाट जयनगर गुड्ने रेल १२ बजेर ४ मिनेटमा गुडेको हो ।

एमाले केन्द्रीय सदस्य रामचन्द्र मण्डलका अनुसार लोकतान्त्रिक समाजवादी पार्टीका नेता उमाशंकर अरगरिया, निवर्तमान सांसद अमृता अग्रहरि, कैलुदेवी विश्वकर्मा, जसपाकी निवर्तमान प्रदेश सभा सदस्य डा. रिना यादवलाई ओलीले पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नागरिकता विधेयकसम्बन्धी रिट हेर्न नभ्याइने सूचीमा
पछिल्लो समाचार →
कवि भुपाल राईको कृति ‘यारी’ लोकार्पण

Leave a Comment

Your email address will not be published. Required fields are marked *