Latest News
Kathmandu

सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य अघिल्लो दिनका तुलनामास्थिर रही प्रतितोला रु एक लाख पाँच सय कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्यसमेत अघिल्लो दिनका तुलनामा यथावत् रही प्रतितोला रु एक लाख तोकिएको छ । त्यस्तै चाँदी अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार तीन सय ८० मूल्य कायम रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ९१ दशमलव ३५ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
‘भ्रष्टाचार नियन्त्रणमा सरकारी तथा गैरसरकारी निकायको प्रयत्न जरुरी’   
पछिल्लो समाचार →
फोहर छुट्याएर सङ्कलन गर्दैै चन्द्रागिर

Leave a Comment

Your email address will not be published. Required fields are marked *