Latest News
Kathmandu

बक्सिङ खेलाडी सुष्माको प्रगतिमा प्रधानमन्त्रीद्वारा खुसी व्यक्त  

बक्सिङ खेलाडी सुष्माको प्रगतिमा प्रधानमन्त्रीद्वारा खुसी व्यक्त  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका बक्सिङ खेलाडी सुष्मा तामाङ फाइनलमा पुगेको खबरले आफूलाई असाध्यै खुसी लागेको बताउनुभएको छ । नेपाली बक्सिङ खेलाडी तामाङ थाइल्याण्डमा जारी एएसबिसी यू २२ बक्सिङ च्याम्पियन सीपको फाइनलमा प्रवेश गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री दाहालले तामाङको फाइनल प्रवेशले नेपाल र नेपालीको गौरव बढाएकामा प्रसन्नता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले खेलाडी तामाङलाई आज हुने फाइनल खेलमा विजयका लागि अग्रिम शुभकामना व्यक्त गर्नुभएको छ । बैंककमा आइतबार महिला ४८ किलो तौल समूहको सेमिफाइनलमा सुष्मा मङ्गोलियाकी जनारगुली बाइस्येनबाइलाई आरएससीको आधारमा पराजित गर्दै फाइनल पुग्नुभएको हो । फाइनल प्रवेशसँगै सुष्माको रजत पदक पक्का भएको छ ।

अब स्वर्ण पदकका लागि सुष्माले आज उज्वेकिस्तानकी फोजिलोभा फार्जाेनासँग खेल्ने कार्यक्रम छ । आजको खेल फाइनल हो ।
–––

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
राडीपाखी बेचेर छोरालाई इन्जिनियर बनाउनुहुने लक्ष्मीकान्त
पछिल्लो समाचार →
गुणस्तरीय कामका लागि ‘लौरी पालो’   

Leave a Comment

Your email address will not be published. Required fields are marked *