Latest News
Kathmandu

मलेसियाका गृहमन्त्री नेपाल भ्रमणमा आउँदै 

मलेसियाका गृहमन्त्री नेपाल भ्रमणमा आउँदै 

नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने नेपाल भ्रमणका लागि आज यहाँ आउँदै हुनुहुन्छ । उहाँ साँझ ७ बजे काठमाडौँ आइपुग्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा गृहमन्त्री इस्माइलले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्नुहुनेछ । भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीसँग छलफल गर्ने बताइएको छ । भ्रमण सम्पन्न गरी उहाँ आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।
–––

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कृषि प्राविधिक पढेका राना च्याउखेतीबाट गर्दैछन् राम्रो आम्दानी   
पछिल्लो समाचार →
बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति   

Leave a Comment

Your email address will not be published. Required fields are marked *