Latest News
Kathmandu

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

३० पुस, बुटवल । रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

भैरहवाको बुद्धचोकमा युपी ४२ एटी ४३५२ नम्बरको भारतीय ट्रकले लु.१८ प ५७१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृतकको सनाखत हुन बाँकी रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी मोहन खांणले बताए ।

तीव्र गतिको ट्रकले मोटरसाइकललाई ठक्कर दिएपछि करिब २ सय मिटरसम्म घिसार्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
हचुवामा ४ अर्बको सुपारी आयातको गृहकार्य
पछिल्लो समाचार →
फुडमान्डुमा डोल्मा इम्प्याक्ट फन्डको ४६ करोड लगानी

Leave a Comment

Your email address will not be published. Required fields are marked *