Latest News
Kathmandu

नेपाल-भारत पहलवानका प्रतिभा प्रदर्शन (तस्विर)

नेपाल-भारत पहलवानका प्रतिभा प्रदर्शन (तस्विर)
रौतहटको मौलापुर नगरपालिकाद्वारा धार्मीक पर्यटन विकास तथा मधानी महायज्ञलाई विश्व स्तरमा चिनाउने उदेश्यले आयोजित महोत्सवमा तेस्रो दिन भएको कुस्ती प्रतियोगितामा नेपाल तथा भारतका दर्जनौ पहलवानले आआफ्नो प्रतिभा प्रदर्शन गरेका छन् ।

कुस्ती प्रतियोगितामा नेपालका चर्चित पहलवान देवा थापा र भारत हरियाणाका पहलवान मन्नु, नेपालका राष्ट्रिय खेलाडी लक्ष्मण यादव, ब्रह्मदेव यादव, मोखतार आलम, भारत अयोध्याका अमित बाबा र तिनजोडी महिला पहलवान दर्शकको लागि मुख्य आकर्षण को केन्द्र बनेको थियो। नगर प्रमुख मेयर रिना कुमारी साहले उदघाटन गरेको कुस्ती प्रतियोगितामा महिला पुरुषहरु ३० जना पहलवानले भाग लिएका थिए । कुस्ती हेर्न हजारौँ दर्शकहरुको उपस्थिति रहको थियो ।

 

उक्त अवसरमा प्रमूख अतिथी पूर्व सांसद समिना हुसेन,पूर्व प्रदेश सांसद कुन्दन कुशवाहा,मेयर रिना कुमारि साह,देवाही गोनाहिका मेयर प्रेमलाल साह,कटहरियाका पूर्वमेयर सियाराम कुशवाहा, आमजनता पार्टिका केन्द्रीय सदस्य रिता साह, मनोज यादव, नागेन्द्र साह, अन्य जनप्रनिधीहरु चन्द्रशेखर साह, सर्जुग यादव, प्रधुमन बैठा लगायतको सहभागीता रहेको थियो ।

 

गत शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक रुपमा उदघाटन गरेको मौलापूर मधानि महोत्सव २०७९ को दोस्रो दिन शनिबार भारतीय भोजपुरी फिल्मका सुपर स्टार नायक पावन सिंह र नायिका काजल राघवानिको प्रस्तुति रहेको थियो । पावन र काजलको गीत तथा नृत्य हेर्न पर्सा,बारा, रौतहट, सर्लाही का साथै भारतीय क्षेत्र बाट एकलाख भन्दा बढी दर्शक जम्मा भएका थिए ।

उनीहरूको प्रस्तुती पछि आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साह र मेयर रिना कुमारी साहले भोजपुरी नायक पावन सिंह र नायिका काजल राघवानिलाई संयूक्त रुपमा मायाको चिनो दिएर सम्मानका साथ बिदा गरेका थिए। मौलापुर नगरपालिकाद्धारा चौथो वर्ष आयोजित मधानी महोत्सवमा भगवान शिवको विशेष पुजा अनुष्ठान, मौलापुर भुमि पुजन ,अस्टयाम भएको थियो । उपराष्ट्रपति पुनले उदघाटन गरेपछि पहिलो दिन भारतीय भोजपुरी गायिका ईन्दु सोनालीले गीत तथा नृत्य प्रस्तुत गरेकी थिइनँ । महोत्सवमा नेपाली तथा भारतीय दर्जनौं कलाकारको प्रस्तुती रहेको थियो ।

 

२०५६ सालमा जमीन उत्खननको क्रममा मौलापुर ५ पतौरा स्थित मन्दिरको आकृति फेला परेको थिाये । संघीय सांसद प्रभु साहको पहलमा नेपाल तथा वेलायतका भूगर्भविद्ले उक्त मन्दीर कर्णाट काल अर्थात १ हजार वर्ष पुरानो रहेको अनुमान गरेको थियो। २०७६ सालमा मौलापुर नगरपालिकामा मेयरको रुपमा प्रभु साहकी पत्नी निर्वाचित भएपछि उनकै सल्लाह अनुसार उक्त स्थानमा पुराता्त्विक महादेव मन्दिरको निर्माण भएको हो ।

 

उक्त स्थानलाई विश्व सम्पदा सूचीमा सुचिकृत गराउन सोही वर्ष देखि मौलापूर नगरपालिकाद्वारा मधानी महोत्सव आयोजना हुँदै आएको छ। पहिलो वर्ष राष्ट्रपति विधादेवी भण्डारी, दोश्रो पटक तत्कालीन उपप्रधानमंत्री ईश्वर पोखरेल, तेस्रोे पटक तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझि र चौथो अर्थात यसपटक उपराष्ट्रपति पुनले उदघाटन गरेका छन् । देशको सय गन्तव्यको सूचीमा रहेको पुराता्त्विक महादेव मन्दिर मौलापुर पातौरालाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन कुटनीतिक पहल गर्ने उपराष्ट्रपति पुनले प्रतिबद्धता जनाएका थिए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
एमालेसँगको सत्तासाझेदारी परिस्थिति बदलियो, स्वार्थ मिल्नेसँग राष्ट्रपतिमा सहकार्य
पछिल्लो समाचार →
राष्ट्रिय सहमतिको राष्ट्रपति मलाई बनाउनुस् : नेपाल

Leave a Comment

Your email address will not be published. Required fields are marked *