Latest News
Kathmandu

अमेरिकाको टेक्ससमा चार जना ‘बन्धक’

अमेरिकाको टेक्ससमा चार जना ‘बन्धक’

२ माघ, काठमाडौं । अमेरिकाको टेक्सस राज्यको कोलिविल शहरमा एक व्यक्तिले चार जनालाई बन्धक बनाएको त्यहाँको प्रहरीले जनाएको छ । उनीहरुलाई मुक्त गर्ने विषयमा बन्धक बनाउने व्यक्तिसँग वार्ता भइरहेको पनि प्रहरीले जनाएको छ ।

यहुदीहरुको पूजास्थलमा प्रार्थनाको समयमा एक व्यक्तिले चार जनालाई बन्धक बनाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । बन्धक बनाउने व्यक्तिसँग हतियार छ कि छैन भन्ने एकिन भएको छैन ।

प्रहरीले बन्धक बनाइएको स्थानलाई घेरा हालेको छ । विशेष हतियारयुक्त टोलीलाई त्यहाँ तैनाथ गरिएको छ र आम सर्वसाधारणलाई त्यहाँबाट हटाइएको छ ।

समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी)का अनुसार बन्धक बनाइएका चार जनामध्ये एकजना पुजारी हुन् ।

आइतबार बिहानको प्रार्थनाको भिडियो दृष्य प्रत्यक्ष प्रसारण भइरहेको बेला बन्धक बनाइएको घटना सार्वजनिक भएको हो । पछि उक्त भिडियो इन्टरनेटबाट हटाइएको छ ।

भिडियामा एक व्यक्तिले चिच्याउँदै सहायता मागेको देखिएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनलाई उक्त घटनाबारे पूरै जानकारी दिइएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
भारतमा कोरोना : २४ घण्टामा २ लाख ७१ हजारभन्दा धेरै संक्रमित
पछिल्लो समाचार →
भरतपुर महानगरमा ११४ ऐनकानून निर्माण

Leave a Comment

Your email address will not be published. Required fields are marked *