Latest News
Kathmandu

भारतमा कोरोना : २४ घण्टामा २ लाख ७१ हजारभन्दा धेरै संक्रमित

भारतमा कोरोना : २४ घण्टामा २ लाख ७१ हजारभन्दा धेरै संक्रमित

२ माघ, काठमाडौं । भारतमा गत २४ घण्टामा २ लाख ७१ हजारभन्दा धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ३१४ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा २ लाख ७१ हजार २ सय २ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा कूल सक्रिय संक्रमितको संख्या १५ लाख ५० हजार ३७७ पुगेको छ । यसैगरी मृतकको कूल संख्या पनि ४ लाख ८६ हजार ६६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित भएकाहरुको संख्या ७ हजार ७४३ छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
प्रशान्त महासागरमा ज्वालामुखी विस्फाेट, टोंगामा बिजुली र सञ्चार सेवा अवरुद्ध
पछिल्लो समाचार →
अमेरिकाको टेक्ससमा चार जना ‘बन्धक’

Leave a Comment

Your email address will not be published. Required fields are marked *