युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

२ माघ, काठमाडौं । भारतमा गत २४ घण्टामा २ लाख ७१ हजारभन्दा धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ३१४ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा २ लाख ७१ हजार २ सय २ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा कूल सक्रिय संक्रमितको संख्या १५ लाख ५० हजार ३७७ पुगेको छ । यसैगरी मृतकको कूल संख्या पनि ४ लाख ८६ हजार ६६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित भएकाहरुको संख्या ७ हजार ७४३ छ ।

प्रतिक्रिया

सम्बन्धित ख