Latest News
Kathmandu

प्रशान्त महासागरमा ज्वालामुखी विस्फाेट, टोंगामा बिजुली र सञ्चार सेवा अवरुद्ध

प्रशान्त महासागरमा ज्वालामुखी विस्फाेट, टोंगामा बिजुली र सञ्चार सेवा अवरुद्ध

२ माघ, काठमाडौं । प्रशान्त महासागरको दक्षिणी क्षेत्रमा ज्वालामुखी विस्फाेटपछि सुनामीको चेतावनी जारी गरिएको छ । तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान अमेरिका र जापानले आग्रह गरेका छन् ।

पहिलोपटक शुक्रबार र दोस्रो पटक स्थानीय समय अनुसार शनिबार ५ बजेर २६ मिनेटमा ज्वालामुखी विस्फाेट भएको सीएनएनले जनाएको छ ।

पानी मुनि ज्वालामुखी विस्फाेट भएको र सो विस्फाेटका कारण उत्पन्न ऊर्जाका कारण आएको छालले टोंगासम्म क्षति पुर्याएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

टोंगामा विद्युत, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएका छन् । सञ्चार सम्पर्क विच्छेद भएकाले क्षतिको विवरण भने आइसकेको छैन । त्यहाँका राजालाई सुरक्षित स्थानमा सारिएको पनि समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

जापानले तटीय क्षेत्रमा तीन मिटर अग्लो छाल आउन सक्ने अनुमान गर्दै सतर्कताको सूचना जारी गरेको छ । अमेरिकाले पनि ठूला छालहरुसँगै बाढी पनि आउने सम्भावना रहेको जनाएको छ ।

ज्वालामुखी विस्फाेटको स्याटलाइट भिडियो

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आजदेखि पुनः श्रम स्वीकृति अनलाइनबाट
पछिल्लो समाचार →
भारतमा कोरोना : २४ घण्टामा २ लाख ७१ हजारभन्दा धेरै संक्रमित

Leave a Comment

Your email address will not be published. Required fields are marked *