Latest News
Kathmandu

शेयर बजारमा उत्साह, एकैदिन ९ अर्बको कारोबार

शेयर बजारमा उत्साह, एकैदिन ९ अर्बको कारोबार

२ माघ, काठमाडौं । साताको पहिलो कारोबार आइतबार शेयर बजारमा उत्साह देखिएको छ । नेप्से परिसूचक उच्च अंकले बढेर २९ सय माथि पुगेको छ भने कारोबार रकममा झनै उत्साह देखिएको छ ।

कुनैबेला एकैदिन २२ अर्ब रुपैयाँसम्मको कारोबार भएको शेयर बजार घट्न थालेपछि दैनिक कारोबार ५ अर्ब पुग्न पनि मुस्किल थियो । गत साता दैनिक ६ देखि ७ अर्बको हाराहारीमा कारोबार भएको थियो ।

आइतबार भने ९ अर्ब ६३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । यो पछिल्लो तीन महिनाकै उच्च कारोबार रकम हो । उता शेयर कारोबार मापक नेप्से परिसूचक ठ्याक्कै ६९ अंकले बढेर २ हजार ९ सय २६ दशमलव ७४ अंकमा पुगेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
भूमिका नतोक्दा महामारी नियन्त्रणमा स्थानीय तह उदासीन
पछिल्लो समाचार →
रेल्वेमा कर्मचारी भर्नाविरुद्ध आन्दोलन गर्न मन्त्रीको आग्रह

Leave a Comment

Your email address will not be published. Required fields are marked *