Latest News
Kathmandu

ट्याक्टर चलाइरहेका चालक अचानक भुईँमा लडे, अस्पताल लैजाँदालैजाँदै मृत्यु

ट्याक्टर चलाइरहेका चालक अचानक भुईँमा लडे, अस्पताल लैजाँदालैजाँदै मृत्यु

३ माघ, काठमाडौं । सर्लाहीमा गोडैता नगरपालिका-४ रोहवामा गुडिरहेको ट्याक्टरबाट लडेर चालकको मृत्यु भएको छ ।

आइतबार राति करिब साढे ११ बजे ना ७ त ५६८ नम्बरको ट्याक्टरबाट लडेर रौतहटको वृन्दावन नपा ७ धमौरा घर भई, हाल गोडैता नपा बस्ने १८ वर्षे आशिर मन्सुरको मृत्यु भएको हो ।

ट्याक्टर चलाइरहेको बेला उनी अचानक खसेका थिए । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
लोकतन्त्रको उपहार : द्वन्द्वपीडितलाई आँशु र पीडा
पछिल्लो समाचार →
राष्ट्रिय सभा निर्वाचनको मतपत्र छाप्ने काम सकियो

Leave a Comment

Your email address will not be published. Required fields are marked *