Latest News
Kathmandu

‘बलिदान’मा अभिनेता विराजका छोरा समिर

‘बलिदान’मा अभिनेता विराजका छोरा समिर

काठमाडौँ । निर्माता सन्तोष सेनले बनाउन लागेको नयाँ फिल्म ‘बलिदान’मा समीर भट्ट अभिनेताको रूपमा देखिने भएका छन् । समिर अभिनेता विराज भट्टका छोरा हुन् । विराजले समिरलाई लिएर केही अघि फिल्म ‘१२ गाउँ’ निर्माण घोषणा गरेका थिए । सेनको फिल्म कम्पनी आसुसेन फिल्मस्ले समिरको फोटो राख्दै फिल्मको फस्टलुक पोस्टर सार्वजनिक समेत गरेको छ ।

समीरले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिम लिएका थिए । ‘बलिदान’को लागि एक हिरोको खोजीमा थियौ । समिरमा त्यो क्षमता देखेर छानेको निर्माता निर्देशक सेनले बताए । देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपरमा बन्ने यो फिल्म सेन आफैले निर्देशन गर्न लागेका हुन् । सन्तोष सेनको प्रस्तुति रहने फिल्मका  निर्माता पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी  हुन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
‘बद्री बहादुर’को प्रचारमा कपिल शर्माको प्रयोग
पछिल्लो समाचार →
गायक समीर आचार्य र गायिका सिता स्मृतिको स्वर रहेको नयाँ लोकदोहोरी गीत ‘रातो फेटाले’ सार्वजनिक

Leave a Comment

Your email address will not be published. Required fields are marked *