Latest News
Kathmandu

पाथीभरा: एक पवित्र तीर्थस्थल

पाथीभरा: एक पवित्र तीर्थस्थल

काठमाडौं । ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा लिम्बु जातिको आराध्या देवताको थान हो जसलाई हिन्दू एवं बौद्धहरूले समेत पुज्ने महत्त्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ ।

विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरूको घुइँचो लाग्‍ने गर्दछ । अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम पाथीभरा देवी भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ । ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई मुकुम्लुङ भनेर चिन्दछन । लिम्बू भाषामा मुकुुमको अर्थ शक्ति वा बल, लुङको अर्थ ढुंगाको मूर्ती या प्रतीमा भन्ने जनाउँदछ । अर्थात लिम्बु जातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन ।

विशेषतः दशैं-तिहार, तीज, वालाचतुर्दशी, रामनवमी लगायतका चाडपर्वहरूमा मन्दिरमा मेला लाग्ने गर्दछ । साथै प्रत्येक शनिबार र मंगलबार यहाँ विशेषगरी दर्शनार्थीको भीड लाग्ने गर्दछ । नेपाल बाहेक भारत, बङ्गलादेश तथा भुटानसम्मका भक्तजनहरू यहाँ आउने गरेको छन् ।

मन्दिरमा आएर कतिले आफ्नो इच्छाअनुसारको चिज पाएका छन् भने कतिले सिङ्गो जीवन नै पाइसकेका छन् । यस्ता धार्मिक एवं पर्यटकीय स्थलको संरक्षण र सम्बर्द्धन गर्न सकेमा आन्तरिक एवं बाह्य तीर्थालु भक्तजनहरूको आगमनमा वृद्धि गरेर जिल्ला कै पहिचान दिलाउन सकिन्छ । त्यसकारण यसलाई धार्मिक पर्यटनको रूपमा विकास गर्न सके इलामको पहिलो गन्तव्य स्थल पाथीभरा हुने निश्चित देखिन्छ ।

पाथीभरा धाममा कसरी जाने ?
पाथीभरा देवीको मन्दिर निक्कै उचाईमा (३७९४ मिटर) रहेकोले यहाँको तापमान हमेशा शून्य (०) को हाराहारीमा झर्ने गर्दछ । अतः तीर्थयात्री तथा पर्यटकहरूले लेकलाग्न र न्युनतापबाट जोगिन घरेलु उपचारको सामग्री जस्तै तातोपानी, भुटेको मकै, अदुवा, लसुन, गरम खाद्य तथा पेय पदार्थ र न्यानो कपडाहरू साथै लगे झनै राम्रो हुन्छ । पाथीभरा यात्राको लागि फाल्गुणदेखि कार्तिक महिनासम्मको अवधि उपयुक्त हुन्छ । झापाको बिर्तामोडबाट इलाम-फिदिम हुँदै (२७०) किलोमिटर फुङलिङ मेची राजमार्गमा यात्रा गरी फुङलिङबाट सुकेटार-तल्लो फेदी-उपल्लो फेदी हुँदै पैदल हिँडेर पाथीभरा पुग्न सकिन्छ । अन्य मार्गमा धरानबाट धनकुटा-हिले हुँदै कोशी राजमार्गमा एक सय किलोमिटर यात्रा गरी वसन्तपुरबाट गुफापोखरी, गोर्गा दोभान हुँदै पैदल यात्रामा पुग्न सकिन्छ ।

पाथीभराबाट दृश्यावलोकन गर्न सकिने हिमालहरू
कञ्चनजंघा (M) (सेवालुङ) ८५८६ मि.
कञ्चनजंघा (C) ८४८२ मि.
कुम्भकर्ण (फक्‍ताङलुङ) ७७१० मि.
काङबाचेन ७९०३ मि.
कञ्चनजंघा (S) ८४७६ मि.
मकालु ८४६३ मि.
लोत्से ८५१६ मि.
नोत्से ७८५५ मि.
डोम हिमाल ७४४२ मि.

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
ऐतिहासिक पर्यटकीयस्थल ‘बढीमालिका’
पछिल्लो समाचार →
संवैधानिक परिषद्को बैठक स्थगित, अर्को बैठक चैत १८ गते बस्ने

Leave a Comment

Your email address will not be published. Required fields are marked *