Latest News
Kathmandu

‘अञ्जिला’ माघमा रिलिज हुने

‘अञ्जिला’ माघमा रिलिज हुने

काठमाडौँ । मिलन चाम्स निर्देशित फिल्म हो ‘अञ्जिला’ । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनको कथामा बनेको फिल्म नयाँ वर्षको माघ ११ गते रिलिज हुने भएको छ । निर्देशक चाम्सले वितरकसँगको छलफलबाट फिल्म माघमा ल्याउन लागेको बताए । फिल्ममा एञ्जिला स्वयंको पनि अभिनय छ । उनीसँगै दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राई,  सिद्धार्थ  सिंह, सुरज तमु, सुमिन गुरुङ, विष्णु मोक्तान लगायतको अभिनय रहेको फिल्मको निर्माता प्रेम कुमार श्रेष्ठ हुन् ।

एञ्जिलाकै जन्मथलो इलामको आइतबारे सहित झापा र काठमाडौँमा छायाङ्कन भएको फिल्ममा एञ्जिलाको बालापनदेखि फुटबलर बन्नका लागि गरेको सङ्घर्ष र सफलताको कथा समेटिएको छ । २०५३ मा पाँचथर जिल्लाको फाक्तेपमा जन्मिएकी एञ्जिलाले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेकी थिइन् । सन् २०१४ मा श्रीलङ्कामा सम्पन्न एएफसी यु–१४ गर्ल्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेकी उनी २०१४ बाट राष्ट्रिय टिममा परेकी थिइन् । तर, उनी २ वर्ष बेन्चमै सीमित भइन् ।

त्यसयता भने उनी महिला राष्ट्रिय फुटबल टिमको भरपर्दो गोलरक्षक बनेकी छन् । एञ्जिला ‘पल्सर स्पोर्टस् अवार्ड २०७७’ को पिपुल च्वाइस अवार्डको मनोनयनमा समेत परेकी थिइन् । यो विधामा मनोनयनमा पर्ने एञ्जिला फुटबलकी एक मात्र खेलाडी हुन् । सुदीप बरालको छायाङ्कन रहेको फिल्म मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बनेको हो । फिल्मका विनोद अग्रवाल र राजेश बगडिया सह–निर्माता हुन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
महिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट
पछिल्लो समाचार →
हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान् घाइते

Leave a Comment

Your email address will not be published. Required fields are marked *