Latest News
Kathmandu

सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० सर्वसम्मत पारित

सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० सर्वसम्मत पारित

काठमाडौँ राष्ट्रिय सभाको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० सर्वसम्मत पारित गरेको छ । मंगलबार बसेको बैठकले पारित गरेको यो विधेयक गत फागुन ४ गते राष्ट्रिय सभामा दर्ता भएको थियो ।

विश्वव्यापीकरण, आर्थिक उदारीकरण र सूचना प्रविधिमा आएको परिवर्तनले आर्थिक क्रियाकलापहरूको प्रकृति, प्रवृत्ति र पद्धतिमा समेत परिवर्तन आइरहेको बेला कुनै व्यक्ति तथा निकायबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा गर्ने कारोबार सम्बन्धी कानुनी व्यवस्था समयानुकूल बनाउन भन्दै सरकारले यो विधेयक दर्ता गरेको थियो ।

राष्ट्रिय सभाबाट पारित भएको यो विधेयक अव प्रतिनिधि सभामा प्रस्तुत हुनेछ । विषयगत समितिमा छलफल गरेर प्रतिनिधि सभाबाट पारित हुनुपर्नेछ । राष्ट्रिय सभाको अर्को बैठक असार ४ गते दिउसो १ः १५ बजेका लागि बोलाइएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सेयर बजारमा छायो हरियाली, अन्य उपसुचक कस्तो ?
पछिल्लो समाचार →
फिल्म ‘ह्रस्व दीर्घ’बाट नायिका नीता ढुंगानाको पहिलो लुक्स सार्वजनिक

Leave a Comment

Your email address will not be published. Required fields are marked *