Latest News
Kathmandu

क्यान नेतृत्व आर्थिक अपचलनमा संलग्न रहेको सांसद आचार्यको आरोप

क्यान नेतृत्व आर्थिक अपचलनमा संलग्न रहेको सांसद आचार्यको आरोप

काठमाडौं नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले नेपाल क्रिकेट संघको नेतृत्व आर्थिक अपचलनमा संलग्न रहेको आरोप लगाएका छन् ।

टी–२० विश्वकप क्रिकेट खेलका सन्दर्भमा नेपालीका लागि प्राप्त टिकट र भीआईपी टिकटमै अनियमितता भएको उनको आरोप छ ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘८० डलल पर्ने टिकट १३५ मा बिक्री गरेको भन्ने आएको छ । ४०० टिकट र २० वटा भिआइपी पासको पनि अवैध ढंगले बिक्री गरेको भन्ने गुनासो रहेको छ ।’

यस्तो आरोपबारे छानबिन गर्न उनको माग छ ।
उनले भनेका छन्, ‘क्यानको नेतृत्वले नेपाललाई नेपालको बेचइज्जत गर्दै काम गरेको, आर्थिक अपचलन गरेको, नेपालीलाई जिताउन नभएर हराउन भूमिका खेलिरहेको, खेलाडीहरूलाई शिर निहुराराएर हिड्न परिरहेको गुनासो रहेको छ ।’ यो विषयमा सरकारले आयोग नै बनाएर छानबिन गर्नुपर्ने उनको माग छ ।

खेलाडीको साख बेचेर खेलाडीलाई होटलमा उभ्याएर अमेरिकामा चन्दा उठाएर दुरुपयोग गरिएको, अवैध रुपमा जर्सीहरू अमेरिका लगेर महँगोमा नेपालीहरूलाई बिक्री गरेको र त्यो रकम पनि हिनामिना गरेको भन्ने गुनासो समेत सुनिएको उनले बताए ।

उनी थप्छन्, ‘खेलाडीले हस्ताक्षर गरेका ब्याग र टिसर्ट मर्याादाहीन ढंगले हिनामिना गरेको भन्ने आएको छ । अमेरिकामा बस्न नेपालीबट पैसा उठाएर क्यानको खातामा नराखेर दुरुपयोग गरेको भन्ने छ ।’

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव चयन
पछिल्लो समाचार →
नेप्सेमा छ दशमलव ३७ अङ्कको वृद्धि

Leave a Comment

Your email address will not be published. Required fields are marked *