Latest News
Kathmandu

प्रतिनिधिसभाको बैठक ११ बजे बस्दै

प्रतिनिधिसभाको बैठक ११ बजे बस्दै

काठमाडौं संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने गरी बोलाइएको छ ।

बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसंख्या गरी तीन मन्त्रालयसँग सम्बन्धित विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।

सांसद प्रेम सुवालले “विनियोजन विधेयक, २०८१ अन्तरर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस्“ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै छन् ।

सांसद डा. अमरेश कुमार सिंहले पनि “विनियोजन विधेयक, २०८१ अन्तरर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्“ भनी खर्च कटौतीको प्रस्ताव सदनमा प्रस्तुत गर्दैछन् ।

कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडूले ‘‘विनियोजन विधेयक, २०८१ अन्तरर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्“ भनी खर्च कटौतीको प्रस्ताव राख्दा सांसद विना लामाले पनि “विनियोजन विधेयक, २०८१ अन्तरर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् ’’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै छिन् ।

कांग्रेस सांसद कान्तिका सेजुवालले “विनियोजन विधेयक, २०८१ अन्तरर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्“ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले उल्लेख गरेको छ ।

यसैगरी, राप्रपा सांसद ज्ञान बहादुर शाहीले “विनियोजन विधेयक, २०८१ अन्तरर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’’ भनी खर्च कटौतीको प्रस्ताव सदनमा राख्दा सांसद सांसद रोसन कार्की र शान्ती वि।क।ले पनि ‘‘विनियोजन विधेयक २०८१ अन्तरर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
विश्व योग दिवसलाई विद्यालयस्तरमा पनि मनाउने
पछिल्लो समाचार →
काठमाडौं उपत्यकाको तापक्रम आज ३१ देखि ३३ डिग्री सेल्सियस पुग्ने

Leave a Comment

Your email address will not be published. Required fields are marked *