Latest News
Kathmandu

काठमाडौं उपत्यकाको तापक्रम आज ३१ देखि ३३ डिग्री सेल्सियस पुग्ने

काठमाडौं उपत्यकाको तापक्रम आज ३१ देखि ३३ डिग्री सेल्सियस पुग्ने

काठमाडौं काठमाडौं उपत्यकाको तापक्रम आज पनि उच्च रहने भएको छ । यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बिच रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ ।

विभागका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौं उपत्यकामा स्थानीय वायुको प्रभावले आज अपराह्नतिर केही स्थानमा छिटपुट वर्षा हुने सम्भावना छ । यद्यपि तापक्रम उच्च नै रहने छ । मनसुन भित्रन अझै केही दिन लाग्नेछ । शनिबारदेखि यहाँ आंशिक बदली हुनेछ ।

आज दिउँसो कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसमसफा रहने छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
प्रतिनिधिसभाको बैठक ११ बजे बस्दै
पछिल्लो समाचार →
आज सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँ कायम 

Leave a Comment

Your email address will not be published. Required fields are marked *