Latest News
Kathmandu

आज सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँ कायम 

आज सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँ कायम 

काठमाडौँ आज सुनको मूल्य स्थिर कायम भएर कारोबार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजो मङ्गलवारकै मूल्यमा आज सुनको कारोबार सुरु भएको जानकारी दिएको हो ।

महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँ छ । हिजो पनि यही मूल्य थियो । यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार ९०० रुपैयाँ छ ।

यसैगरी, आज चाँदीको मूल्य तोलामा १८ सय १० रुपैयाँ कायम छ । सुनको मूल्य स्थिर भए पनि चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर कारोबार भइरहेको हो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
काठमाडौं उपत्यकाको तापक्रम आज ३१ देखि ३३ डिग्री सेल्सियस पुग्ने
पछिल्लो समाचार →
आईपीओ निष्कासनका लागि तयारीमा मेवाखोला हाइड्रोपावर

Leave a Comment

Your email address will not be published. Required fields are marked *