Latest News
Kathmandu

आईपीओ निष्कासनका लागि तयारीमा मेवाखोला हाइड्रोपावर

आईपीओ निष्कासनका लागि तयारीमा मेवाखोला हाइड्रोपावर

काठमाडौं यूनाइटेड मेवाखोला हाइड्रोपावरले सर्वसाधारणमा आईपीओ निष्कासनका लागि तयारी अघि बढाएको छ । कम्पनीले सर्वसाधारणमा जारी हुने आईपीओ निष्कासनको प्रत्याभूतिकर्तामा नागरिक लगानीकोषलाई नियुक्त गरेको छ । सर्वसाधारणमा आईपीओ निष्कासन गर्दा नविकेको खण्डमा नागरिक लगानीकोषले सम्पूर्ण शेयर सकार्ने सम्झौता गरेको हो ।

जेठ ३० गते एक कार्यक्रमका बीच कम्पनी र नागरिक लगानीकोषबीच शेयर प्रत्याभूतिका लागि सम्झौता भएको छ । नागरिक कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र कम्पनीको तर्फबाट अध्यक्ष आषिश थापाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यका १ करोड ६१ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आज सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँ कायम 
पछिल्लो समाचार →
टिचिङ अस्पतालमा आइभिएफ सेवा सुरु

Leave a Comment

Your email address will not be published. Required fields are marked *