Latest News
Kathmandu

टिचिङ अस्पतालमा आइभिएफ सेवा सुरु

टिचिङ अस्पतालमा आइभिएफ सेवा सुरु

काठमाडौँ टिचिङ अस्पताल महाराजगञ्जले पनि हालै आइभिएफ (टेष्ट्युव बेबी) सेवा सुरु गरेको छ। अस्पतालले हालै यो सेवा सुरु गरेको हो।

अस्पतालका निर्देशक डा.दिनेश काफ्लेका अनुसार अस्पतालमा यो सेवाको लागि सबैजसो आवश्यक पूर्वाधार तथा जनशक्ति तयार भइसकेको छ। जनशक्तिलाई तालिम दिने, जनशक्ति व्यवस्थापन, आइभिएफ कक्ष निर्माणको काम पुरा भइसकेको र सेवा लिन आउने सेवाग्राहीको सूची तयार भइरहेको छ। सेवा सुरु भएपनि यसको अस्पतालको वार्षिक उत्सवको अवसरमा औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको निर्देशक काफ्लेले बताए।

निःसन्तान दम्पतीको हकमा विभिन्न तरिकाबाट गर्भाधान गर्ने प्रक्रियालाई आइभिएफ सेवा भनिन्छ। महिलाको पाठेघरबाट अण्डा र पुरुषको वीर्य निकाली प्रयोगशालामा भुण उत्पादन गरी पुन पाठेघरमा राखेर गर्भाधान गरी बच्चा जन्माउने प्रक्रिया हो।

एक साता अघि मात्र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुमति प्रदान गरेपछि सेवा सुरु भएको अस्पतालले जनाएको छ। यो सेवाको लागि अस्पतालको आन्तरिक स्रोतबाट डेढ करोड र बाँकी ४ करोड ५० लाख सरकारको बजेट सहित ६ करोडको लागतमा यो सेवा सुरु भएको हो।

दैनिक निःसन्तानको समस्या लिएर आउने दम्पतीको संंख्या धेरै रहेकोले उनीहरुलाई सहज र सुपथ सेवा प्रदान गर्ने उद्देश्यले यो सेवा सुरु गरेको अस्पतालले जनाएको छ। यसको साथै यो बिषयमा फेलोसिप अध्यापन कार्यक्रम पनि यस वर्षदेखि सुरु भएकोले आइभिएफ कार्यक्रम अस्पतालको लागि बहु उद्देश्य औचित्य रहेको डा। काफ्लेले जानकारी दिए। यो सेवाको लागि निजी अस्पतालको तुलनामा अत्यन्त कम शुल्कमा सेवा दिइने भएकोले सेवा सुलभ र प्रभावकारी दुवै रहेको अस्पतालले जनाएको छ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आईपीओ निष्कासनका लागि तयारीमा मेवाखोला हाइड्रोपावर
पछिल्लो समाचार →
एथलेटिक्समा गण्डकी बन्यो टिम च्याम्पियन

Leave a Comment

Your email address will not be published. Required fields are marked *